spot_img
होमपेजजन आवाजराप्ती सोनारीको अति विकट गाउँमा अब विजुली बल्दै

राप्ती सोनारीको अति विकट गाउँमा अब विजुली बल्दै

- Advertisement -spot_img

इश्वरी के.सी,फाल्गुन, २१, राप्ती सोनारी

बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वडा न. ४ को अतिनै दुर्गम मानिने सिमा नाकाको बस्तीमा छिट्टै बत्ती बल्दै छ । भारतीय सिमा संग जोडिएका चुर्रेका ८ वटा गाउँमा अब एक महिना भित्रम घर घरमा विद्युत पुग्दैछ । धामपुर सव स्टेशन बाट ११ केभिको विद्युत विस्तारको काम ९० प्रतिशत सम्पन्न भएपछि अब छिट्टै घर घरमा वत्ती बल्ने निश्चित भएको हो ।
सदियो देखि अन्धकारमा बस्न बाध्य ८ वटा गाउँका ५ सय बढि घरपरिवारमा खुशियाली छाएको छ । नेपाल सरकारले खैयर भट्टी, गाउँमा विद्युत विस्तारका चुनभट्टी, बाँसखोली, झुरहवा, महेशपुर, गुर्दनगौरी, मासपानी, कोल्टेपानी, २०८० साल मंसिर महिना बाट ३ करोड लागतमा विद्युत विस्तारको काम सुरु भएको थियो । नेपालगन्ज विद्युत प्राधिकरणका प्रमुख जगन नाथ लामिछानेले ट्रान्सर्फमर जडानको काम भइरहेको भन्दै छिट्टै विद्युत घरघर घरमा पुग्ने बताए ।
राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ को अतिनै दुर्गम मानिने नाका बस्तिमा पनि बिजुली प्रसारण अब केही दिनमै संचालन मा आउँदै छ। ने क पा माओबादी केन्द्र कि मन्त्री पम्फा भुसालको निर्देशनमा वैद्युत प्राधिकरण का कार्यकारी निर्देशक कुल मान घिसिङ्ग ले आ.ब. २०८०÷८१ मा ३ करोड बजेट बिनियोजन गरि टेन्डर आहवान गरेका हुन् । टेन्डर राप्तिसोनारी २ कचना पुर का ब्यबसायी तारा चौधरी ले हात पारेका थिय। नाका बस्तिमा अहिले ६०% विद्युतको काम सम्पन्न भइ सकेको वडा नम्बर ४ का वडा अध्यक्ष मीन राज खड्का (सन्तोष ) ले बताएका हुन् । ने.क.पा. माओबादी केन्द्र जिल्ला इन्चार्ज पुर्ना सुवेदी को नितृत्व मा राप्तिसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल र वडा अध्यक्ष खड्का ले मन्त्री संग भेट गरि बस्तिको जानकारी गराँदा बिजुली को लागि तुरुन्तै पहल भएको बताउछन् ।अहिले बत्तिको पोल र तार तान्ने काम ६०% भइ सकेको र अब केदिनमा कार्य सम्पन्न गरि बिधुत उद्घाटन गर्ने योजना रहेको अध्यक्ष खड्का बताउँछन् ,अतिनै बिकट बस्तिमा बत्ती पुग्दा त्याहाँका बासिन्दा अतिनै हर्षित भएका छन् । बस्तिका बासिन्दा देवि प्रसाद थारु भन्छन् ,हामी ले अहिले स्थानीय सरकार हामी सङ्ग भएको महसुस गरिरहेका छौं ,खाने पानीको समस्या थियो त्यो पनि लग्भग पूरा भइ सकेको छ,अब बिजुली संचालन भयो भने झनै सहज हुने बताउँछन,

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्