spot_img
होमपेजराष्ट्रिय समाचारबाँकेको राप्ती सोनारी गाउपालिकामा विशेष ¥याली सहित विश्व वतावरण दिवस मनाइयो

बाँकेको राप्ती सोनारी गाउपालिकामा विशेष ¥याली सहित विश्व वतावरण दिवस मनाइयो

- Advertisement -spot_img

बिहीबार, २२ जेठ/ बाँके ।

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । यो दिवसको अवसरमा हाम्रो वातावरण हाम्रै दायित्व’ भन्ने मुल नाराका साथ बाँकेको राप्ती सोनारी गाउपालिकाको वडा नं २, र ४ मा विशेष ¥याली सहित यो दिवस मनाइएको छ । ¥यालीमा विद्यार्थी, स्थानीय बासिन्दा र जन प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। उनीहरूले प्लास्टिक प्रदूषणले वातावरणीय सन्तुलनमा पार्ने नकारात्मक प्रभावबारे जनचेतना फैलाउँदै प्लास्टिकको प्रयोग घटाइ प्लास्टिक प्रदूषणको अन्त्य गरी पृथ्वीलाई जोगाऔं भन्दै ¥यालीमा सहभागीहरूले ब्यानर र प्लेकार्डहरू बोकेर प्लास्टिक प्रदूषणले वातावरणीय सन्तुलनमा पार्ने नकारात्मक प्रभावका बारेमा सचेत गराउँदै प्लास्टिकजन्य वस्तुको प्रयोग घटाउन सबै नागरिकलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आह्वान गरेका थिए।

कार्यक्रममा बोल्दै स्थानीय निकायका पदाधिकारीहरूले वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको बताए। साथै, प्लास्टिकको प्रयोग घटाउन घरमै सुरुआत गरी पुनः प्रयोग, पुनः उपयोग र सही व्यवस्थापनमा जोड दिनुपर्नेमा समेत ध्यानाकर्षण गराइएको थियो।

यो ¥यालीले वातावरण संरक्षणका लागि स्थानीय स्तरमै सशक्त पहल गर्नुपर्छ भन्ने सन्देश दिएको छ। वातावरण संरक्षणको निम्ति यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै सचेतना अभिवृद्धि गर्नुपर्नेमा सबैको सहमति व्यक्त भएको थियो।
राप्ती सोनारी गाउपालिकाको शहकार्यमा विभिन्न संघ सस्थाहरुले कार्यक्रम आयोजना गरेका हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्