शक्रबार,०८ चैत २०८१, सृजना देवकोटा । काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय उत्पीडन विरूद्धको दिवसका अवसरमा शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।
‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।

सो क्रममा प्रहरी र प्रदर्शनकारी बीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।
दलित अभियान्ता खगेन्द्र सुनारले आफुहरु माथी सरकारले गरिरहेको दमनको प्रतिवाद गर्न दलितहरु एकजुट भएर उठ्न जरुरी रहेको बताए ।
दलित युवाहरुको आन्दोलन रोक्न बानेश्वर क्षेत्रमा ५ सय बढि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।