
राप्ती सोनारी, फागुन १०,
आज फागुन १० गते नायक पुर्ण विक्रम शाह, पलको जन्मदिन । नायक पल शाहले आफ्नो जन्मोत्सवको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका ५ मा रहेको जय वागेश्वरी बाल असाहय केन्द्रका बाल बालिकालाई सहयोग गरेका छन् । नायक शाहले जन्म दिनको अवसर पारेर बालबालिकालाई खाद्यान्न र काँपी कलम सहयोग गरेका हुन ्। उनले स्थानीय युवा सुनिल गिरी मार्फत सहयोग पठाएका हुन ।
जय वागेश्वरी बाल असाहय केन्द्रमा अहिले १३ जना बाल बालिका राप्ती सोनारीकै र १ जना जाजरकोटको गरि जम्मा १४ जना असाहय बाल बालिका रहेका छन् ।
कलाकारिता संगै समाज सेवा बाट पनि सबैका मन जितेका नायक पल शाह विभिन्न समयमा भैपरी आउने समस्यामा सामाजिक सेवा गर्दै आएका छन् । अभिनेता पल शाह अभिनित फिल्म ‘मायावी’ शिव रात्रीको अवसर पारेर १४ गते बाट देश भर प्रदर्शनको तयारीमा छ ।
प्रेमकथामा आधारित चलचित्र मायावीमा पल शाह संगै अभिनेत्री दीपिका प्रसाईको मुख्य भुमिकामा अभिनय रहेको छ भने , दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।
