शुक्रबार, १५ चैत /काठमाडौँ । समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू : पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादले ले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्ने ती पार्टीका नेताहरूले बताएका छन् ।
चार दलका शीर्ष नेताहरुले मात्र सभालाई सम्बोधन गर्ने भएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सभामा उपस्थित नहुने भएका छन् ।
‘पुनर्उत्थानवादकाविरुद्ध भएको आन्दोलनमा मेरो पूर्ण समर्थन हुने नै भयो । सभामा जान सक्ने अवस्था भएन’, खनालले भने, ‘सभामा चार जना नेताले मात्र सम्बोधन गर्ने भएपछि गइरहन जरुरी देखिनँ ।’
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने वक्ता धेरै राख्दा कार्यक्रम लामो हुने भएकाले छोट्याउन वक्ता थोरै राखिएको बताए ।