spot_img
होमपेजराष्ट्रिय समाचाररास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

- Advertisement -spot_img

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी पुस २५ मा कास्की बाट रिहा भएका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर रिहा भएपछि उनी काठमाडौँमा हाजिर भएका हुन् ।

लामिछानेविरुद्ध पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । सो मुद्दामा ३९ जना प्रतिवादी छन् ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

रवि लामिछानेको नामबाट ७५ लाख विदेशमा

काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत बिदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको अभियोगपत्रमा उल्लेख छ ।

बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’लाई भुक्तानीबापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग संझौता गरेका उनले बताएका छन् ।

२०७७ चैत २० मा गोरखा मिडियो नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णय अनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्