आइतबार, २८ वैशाख /काठमाडौँ । आसन्न बुद्ध जयन्तीलाई मध्यनजर गरेर काठमाडौँको स्वयम्भूनाथ मन्दिर धमाधम सजाउन सुरु गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगारिएको हो ।
यसपालिको बुद्ध जयन्ती (भोलि) सोमबार परेको छ । स्वयम्भूनाथ मन्दिरमा पनि बुद्ध जयन्ती धूमधामका साथ मनाउने गरिन्छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।