spot_img
होमपेजUncategorizedराप्ती सोनारीमा एतिहासिक भुवर भवानी मेला सुरु

राप्ती सोनारीमा एतिहासिक भुवर भवानी मेला सुरु

- Advertisement -spot_img

बैजापुर,थारू समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका ३ भुवर भवानी मन्दिर परिसारमा ऐतिहासिक माघी मेला आज बाट सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । हरेक बर्ष माघ १ गते देखि ४ गते सम्म भुवर भवानी मन्दिरमा पुजा पाठ गर्नका लागी भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । दर्शनका लागी विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको संख्यामा भक्तजन आउने गरेका छन् ।

‘आज बाट सुरु भएको मेलामा ४ सय बढि स्टलहरु रहेका छन् भने स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।
मेलामा छुट्टै स्टल राखेर थारू गाउँ सञ्चालनमा समेत ल्याइएको छ ।

माघी पर्वका अवसरमा सञ्चालन भएको माघी मेलामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको भुवर भवानी मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने आयोजकले दावी गरेको छ । मेलामा भलिबल खेलको समेत आयोजना गरेको छ ।
स्थानीय अगुवाहरुले भुवर भवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौँदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको बताएका छन ।

माघ ४ गते सम्म रातको समयमा लाग्ने मेलामा करिव ६० हजार भक्तजन तथा दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलालाई शान्तिपुर्ण बनाउन बाक्लो प्रहरी परिचालन गरेको छ ,

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्