
बैजापुर/ जबरजस्ती करणी मुद्दामा लामो समय देखि फरार रहेका १ फरार प्रतिवादी आज बाँकेमा पक्राउ परेका छन ।
बाँके जिल्ला अदालतले २०८० साल पौष १६ गते गरेको फैसलाले खजुरा गा.पा. २ घर भई हाल ने.गं.उ.म.न.पा.०४ बस्ने वर्ष ४५ को राम बहादुर सुनारलाई जबरजस्ती करणी मुद्दामा ७ बर्ष १० महिना २४ दिन कैद र ३० हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले नेपालगन्ज बाट पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको हो ।