
राप्ती सोनारी , जेठ १४, स्थानीय स्रोत र साधन,रोजगारी सृजनाको प्रमुख आधार´´ भन्ने मुल नाराका साथ राप्तिसोनारी गाउँपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि.को प्राविधिक सहयोगमा संचालन भयको महिला उद्धमी सिपमुलक तालिमको बुधबार समापन भयको छ। राप्तिसोनारी गाउँपालिका कि उपाध्यक्ष मनिसा सिंह थारुको अध्यक्षतामा समापन भयको उक्त कार्यक्रममा विशेष अतिथी पालिका अध्यक्ष तप्त बहादुर पौडेल अतिथीहरुमा वडा नम्बर ३ का वडा अध्यक्ष मीन कुमार चौधरी,वडा नम्बर ७ का वडा अध्यक्ष राम लखन थारु र वडा नम्बर ८ का वडा अध्यक्ष शालिक राम डाङ्गी को पनि उपस्थिति रहेको थियो। गरिव असहाय दलित,थारु ,मुस्लिम र जन जाती महिला लाई लक्षित गरि यो सीप मुलक तालिम संचालन गरियको पालिका अध्यक्ष पडेलले बताय ।खास गरि गरिव अशहाय महिलाको हितको लागि र जिविकोपार्जन सहज्ता होस भन्ने लक्ष्य का साथ यो तालिम संचालन गरियको अध्यक्ष पौडेल बताउछन। प्राकृतिक रेशाजन्य बनस्पति थाकलको पात र मकैको खोस्टा बाट हस्तकला बाट विभिन्न सामाग्री उत्पादन गरि बजार बेवस्थापनको लागि पालिका सदैब तत्पर र अग्रसर रहने पनि पालिका अध्यक्ष पौडेलले जनायका हुन।