सोमबार, १५ वैशाख/ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कार्कीले सरकारको आलोचना गरेकी हुन्
उनले आइतबारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताइन् । उनले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आइतबारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको जिकिर गरिन् ।
उनले भनिन्, ‘म सरकारलाई भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गरियोस् । आवासीय चिकित्सकहरूलाई उनीहरूको जायज माग पूरा गरेर अस्पतालमा पठाउने वातावरण तयार गरोस् ।’