सुर्खेत जिल्लामा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका ४ कुटा र पन्चपुरी नगरपालिका १० चाम्री जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन झार्की मगर रहेका छन् ।
आज बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको डाँगीले बताए ।
‘नदीमा खसेपछि उनीहरूहरुको खोजी कार्य भइरहेको छ ।