spot_img
होमपेजप्रदेश समाचारबैशाखमै बाढी, राप्ती सोनारी १ बक्सहवामा ५० विगहाको मकैबालीमा क्षति

बैशाखमै बाढी, राप्ती सोनारी १ बक्सहवामा ५० विगहाको मकैबालीमा क्षति

- Advertisement -spot_img

मङ्गलबार, २३ वैशाख /राप्ती सोनारी बाँके । वैशाखको उराठ लाग्दो सुख्खा सिजनमा केहि छिनको अविरल बर्षाले बाँकेको राप्ती सोनारी १ बक्सहवामा क्षति गरेको छ । मंगलबार बिहान केहि घण्टा परेको पानीले तिलकन्या र बसेरी खोलामा आएको बाढीले ड्याम भत्काएको छ । बाढीले ड्याम भत्काउँदा ५० विगाहमा लगाएको मकैबालीमा क्षति गरेको स्थानीय पीडित किसान गंगाधर खत्रीले जानकारी दिएका छन् ।

दुईवटा खोलाको मिलन हुने अन्तिम विन्दुमा बनाईएको ड्याम भत्काएर तयार हुन थालेको मकै र भर्खरै उम्रदै गएको मकै बालीमा क्षति गरेको किसान खत्रीले बताए ।
पाथीभरा र सुनधारा सामुदायिक बनको क्षेत्रको , चुरे पहाडमा परेको बर्षाका कारण खोलामा आएको बाढीले स्थानीय गंगाधर खत्री, श्यामलाल विक, विर वहादुर वली, तारा प्रसाद दसौती, राम बहादुर दसौती, दिल बहादुर वली, दिलिप कुमार पौडेल , घनश्याम खड्का, लगयातका किसानहरुको ५० विगाह जमिनमा लागएको मकैमा क्षति गरेको हो । बाढीले मकै बारीमा बालुवा र गिट्टी थुप्रीएको छ, किसानहरुले भनेका छन् । बर्षातको समय आउँनै लाग्दा तत्काल उक्त ड्यामको मर्मत नगरिए बक्सहवा गाउँ डुब्ने खतरा रहेको स्थानीयहरुको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्