spot_img
होमपेजप्रदेश समाचारप्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै

प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै

- Advertisement -spot_img


बुधबार, २७ चैत/ संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा कायम रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाडौँ आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको छ ।

यद्यपि, मंगलबारको तुलनामा प्रदूषण भने केही कम भएको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँको एक्यूआई २६२ रहेको थियो । आज भने यो घटेर १ सय ८४ सम्म पुगेको छ । यद्यपि, यसलाई पनि स्वास्थ्यको दृष्टिकोणले खराब नै मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।

हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०।४ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो केही मात्रामा कम हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्