spot_img
होमपेजप्रदेश समाचारचन्द्रागिरी नगरपालिकाको सामुदायिक बनमा भीषण डढेलो

चन्द्रागिरी नगरपालिकाको सामुदायिक बनमा भीषण डढेलो

- Advertisement -spot_img


शुक्रबार, ०८ चैत /काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो लागेको छ ।

शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्ध कवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।

६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

स्विट्जरल्याण्ड पार्कबाट तल्लो भेगमा फैलिएको डढेलो नियन्त्रणमा लिन सिर्जना चोकबाट पानीको फोहोरा हान्ने प्रयास भइरहेको छ । आगो तीव्र रूपमा फैलिँदा वन क्षेत्रमा रहेका जैविक सम्पदा, वन्यजन्तु र वनस्पतिहरू जोखिममा परेका छन् ।

हावा लागेका कारण आगोको फैलावट बढेको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्