spot_img
होमपेजराष्ट्रिय समाचारशिक्षामन्त्रीले भने : शिक्षकसँगको वार्ता सकारात्मक रुपमा अघि बढ्यो

शिक्षामन्त्रीले भने : शिक्षकसँगको वार्ता सकारात्मक रुपमा अघि बढ्यो

- Advertisement -spot_img


बुधबार, १७ वैशाख/ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मंगलबार रातिको वार्तापछि बताए ।

वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको उनको दाबी छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

मंगलबार रातिको वार्तामा शिक्षकहरूले ९ बुँदै प्रस्ताव राखेका छन् । त्यस विषयमा आज छलफल हुने र टुंग्याउने तयारी भइरहेको छ ।

वार्तामा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली सहभागी भएको थियो । सरकार र आन्दोलनरत शिक्षक महासंबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेपछि मंगलबार राति पुनः वार्ता भएको हो ।

आज हुने वार्तामा थप प्रगति हुने सरकारी पक्षको विश्वास छ ।

शिक्षकहरू गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्