spot_img
होमपेजप्रदेश समाचारवसन्तपुरमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो

वसन्तपुरमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो

- Advertisement -spot_img


शुक्रबार, ०८ चैत/काठमाडौँ । वसन्तपुरको डबलीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइएको छ । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो ।

२०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।

जीर्ण बन्दै गएको सो भवन भत्किएर सम्भावित क्षति हुन सक्ने भन्दै भत्काउन थालिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्