spot_img
होमपेजप्रदेश समाचारराप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुरका गाउँपालिकामा एचपिभी खोप लगाउन सुरु

राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुरका गाउँपालिकामा एचपिभी खोप लगाउन सुरु

- Advertisement -spot_img

ईश्वरी केसी/ राप्तीसोनारी

पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप आज माघ ३० गतेदेखी फागुन ६ गतेसम्म बाँकेको राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुरका गाउँपालिकामा लगाउन सुरु गरिएको छ ।
सामुदायिक र संस्थागत बिद्यालयको कक्षा ६ देखी १० सम्म पढ्ने र बिद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समुहका किशोरीहरुलाइ एच पी भि खोप लगाइदै छ ।
राप्ती सोनारी लगायत ४ वटा पालिकामा गरि १२ हजार ३ सय ६१ जनालाई खोप लगाइदै छ । यस अघि माघ २२ गतेदेखी फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा गरि २४ हजार ५ सय ८९ जना किशोरी तथा बालिकालाई खोप लगाई सकिएको छ ।
जिल्लाभर कुल ३६ हजार ९ सय ५० जना किशोरी तथा बालिकालाई खोप दिइनेछ ।
राप्ती सोनारी वडा न. ३ मा रहेको आधारभूत स्वास्थ्य चौकीका प्रमुख हिरामणी गुरौं थारुले एचपिभी खोप अभियान निकै प्रभावकारी भएकोले १० देखि १४ बर्ष मुनिका सबै बालिका तथा किशोरीहरुलाई खोप लगाउन आग्रह गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्