spot_img
होमपेजप्रदेश समाचारसन्तोषी महतको मृत्यु प्रकरण :अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ

सन्तोषी महतको मृत्यु प्रकरण :अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ

- Advertisement -spot_img

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ)की इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । जोशीले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप छ । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको थियो ।

सिन्धुपाल्चोक घर भएकी महत शौचालयको बलोमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । उनले यसैवर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्