spot_img
होमपेजराष्ट्रिय समाचारबैंकहरु खराब साहुजस्ता भए: प्रधानमन्त्री ओली

बैंकहरु खराब साहुजस्ता भए: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

२६ फागुन, काठमाडौं । ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो झन् घाँटी निचोर्ने खालको व्यवहार बैंकबाट हुने गरेको प्रधानमन्त्रीको टिप्पणी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा पर्‍यो भने ऋण असुल गर्न हतार गर्ने होइन, ऋण थपेर त्यसको व्यवसायलाई टिकाएर बल्ल असुल गर्ने बाटो लिनुपर्छ । उद्योगहरुको सन्दर्भमा पनि त्यही हो ।’

उद्योगी व्यवसायीहरु अप्ठ्यारोमा परे भने बैंकहरुको ध्यान हतार–हतार असुल्नतिर जाने गरेको भन्दै प्रधानमन्त्रीले त्यस्तो व्यवहार नगर्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘भन्दाखेरि खराब ऋणी भन्ने, तर त्यहाँ साहु खराब हुन्छ । जसले अप्ठ्यारो परेको बेला सहयोग गरेर अगाडि बढाउने ठाउँमा, अप्ठ्यारो बेलामा मद्दत नगरेर अझ घाँटी निचोर्ने खालको काम हुन्छ । यस कुराबाट हामी जोगिनुपर्छ ।’

कोही ऋणी भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले कहिलेकाहिँ परिस्थितिले अप्ठ्याराहरु आउने बताए । अप्ठ्यारोमा परेकाहरुलाई मद्दत गर्न र तरिका मिलाएर ऋण उठाउन उनले बैंकहरुलाई सुझाव दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्