spot_img
होमपेजUncategorizedलुम्बिनीमा प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदै

लुम्बिनीमा प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदै

- Advertisement -spot_img

शुक्रबार/ ०९ फागुन ,बुटवलमा । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदै छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गर्न लागेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले आज आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ गरिँदै छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियान सुरु गरिएको मुख्यमन्त्री आचार्यले बताए ।

सार्वजनिक विद्यालको साख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालय प्रतिको जबाफदेहिता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिन थाले जानकारी दिए।

यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्व विद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबिच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।

प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँच सय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्