spot_img
होमपेजप्रदेश समाचारकैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

- Advertisement -spot_img


बिहीबार, २२ जेठ/ धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ स्थित भालुफटामा बिहान करिब सवा ४ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा बिग्रिएर रोकेको सुपप्र ०१–००२ त ५१५८ नम्बरको ट्र्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार घोडाघोडी नगरपालिका–२ का २४ वर्षीय राधेश्याम चौधरी गम्भीर घाइते भए। उपचारका लागि घोडाघोडी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिंहले जानकारी दिए।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–३ का २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, मोटरसाइकलमै सवार अर्का व्यक्ति २२ वर्षीय अर्जुन चौधरीको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्