spot_img
होमपेजUncategorizedकपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु

- Advertisement -spot_img

सोमबार, १२ जेठ /बुटवल । कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–६, जयनगरमा ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा परेर एकै परिवारका दुई जना दिदी–भाइको दर्दनाक मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीया सोनम यादव र उनका कान्छा भाइ शिवकुमार यादव रहेका छन्। खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी हुँदा दुवै जना गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा तत्काल उद्धार गरी उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा लगिएको थियो। अस्पतालमा उपचारका क्रममा सोनमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ।

शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको विद्यालयका प्रधानाध्यापक लालचन्द पाण्डेयले बताए।

दुवै जना नेपाल राष्ट्रिय उच्च मावि, मुडफुटवा, कपिलवस्तुका विद्यार्थी थिए। सोनम कक्षा १० मा अध्ययनरत थिइन् भने शिवकुमार पनि सोही विद्यालयका छात्र थिए।

यो दुःखद घटनापछि विद्यालयमा शोकको वातावरण छ। विद्यालय प्रशासनले आज एक दिन शोक बिदा घोषणा गरेको छ।

दुवै शवलाई पोस्टमार्टमका लागि भीम अस्पताल, भैरहवामा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस घटनाले ग्यास सुरक्षाको महत्व र सजगताको आवश्यकतालाई फेरि एकपटक स्मरण गराएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्