spot_img
होमपेजप्रदेश समाचारनुवाकोटमा प्रदर्शन भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिए

नुवाकोटमा प्रदर्शन भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिए

- Advertisement -spot_img

शुक्रबार, १९ वैशाख /काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् ।

काठमाडौँ उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको छ । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको जानकारी दिएका छन् ।

अहिले तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक, निजी गाडी बाहेक फोहोरका गाडीलाई निषेध गरिएको उनीहरूको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्