spot_img
होमपेजप्रदेश समाचारभेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन चार करोड क्षति, आकस्मिक...

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन चार करोड क्षति, आकस्मिक बाहेकका सेवा दुई दिन बन्द

- Advertisement -spot_img


आइतबार, १४ वैशाख/ बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार(आज र भोलि) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा। निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए ।

शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा)मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।

भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन चार करोड क्षति भएको अनुमान गरिएको मेसु डा। सुवेदीले जानकारी दिए ।
यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विवरण पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा। धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई जतिसक्यो छिटो प्रतिवेदन बुझाउन भनिएको मेसु डा। सुवेदीले बताए ।

अस्पतालको ओपीडी बिल्डिङमा लागेको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो । त्यसक्रममा बिल्डिङभरी पानी र जलेका र नजलेका सामानहरु छरपस्ट छन् ।

त्यसलाई सफा गर्नका लागि दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको मेसु डा। सुवेदीले बताए । उनले भने, ‘अल्ट्रासाउन्ड र इमरेर्जेन्सी सेवा चालु छ । ओपीडी र ओपीडी ल्याब भने आइतबार र सोमबार बन्द गरिएको छ, ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्