आइतबार, १८ फागुन काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू पनि केही घाइते भएका छन् ।
हामीसँग जोडिनुहोस्
पढ्नै पर्ने