spot_img
होमपेजमनोरञ्जनआरोही व्यक्तित्व सम्मान-२०८२ बाट बरिष्ठ गायक दिप श्रेष्ठ,सुशील नेपाल,नारायण भण्डारी ,रबिन्द्र भण्डारी...

आरोही व्यक्तित्व सम्मान-२०८२ बाट बरिष्ठ गायक दिप श्रेष्ठ,सुशील नेपाल,नारायण भण्डारी ,रबिन्द्र भण्डारी सम्मानित

- Advertisement -spot_img

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो सार्वजनिक भएको छ भने लाइभ कन्सर्ट समारोहमा “आरोही व्यक्तित्व सम्मान – २०८२“ प्रदान गरिएको छ । यो सम्मान यसै वर्षबाट प्रारम्भ गरिएको हो ।
समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ गायक दीप श्रेष्ठ, समाजसेवी नारायण भण्डारी, समाजसेवी रवीन्द्र भण्डारी र लोकप्रिय उद्घोषक तथा ’द भ्वाइस अफ नेपाल’का सञ्चालक सुशील नेपाल रहेका छन् ।


यो सम्मान कार्यक्रम अबदेखि हरेक वर्ष आयोजना गरिने गायक विनय कार्कीले जानकारी दिएका छन । कन्सर्टको अबसर पारी सार्बजनिक गरिएको ब्याण्डको “नयाँ नयाँ“बोलको गीतको म्युजिक भिडियोमा स्वयं विनय कार्की, करिश्मा श्रेष्ठ र सन्तोष बानियाँको अभिनय रहेको छ । गीतको प्रस्तुतकर्ता ’आरोही बिट्स’ रहेको छ ।
“आरोही व्यक्तित्व सम्मान – २०८२“ प्राप्त गर्ने सबै व्यक्तित्वहरुलाई बधाई तथा “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो सांगीतिक कोसेली “नयाँ नयाँ“ लाई सफलताको शुभकामना।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्