चर्चित गायिका सारिका घिमिरेले गुन भुलेउ भन्दै आफ्नो ब्यथा गीत मार्फत पोखेकी छन । उक्त गीतको भिडियो सार्बजनिक नहँदै टिकटकमा केही दिन अगावै स्रोताहरुले मन पराएर भाईरल भैसकेको छ । गीतको भिडियो भने शुक्रबार सारिका घिमिरेको आफ्नै यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा शब्द,संगित र आवाज सारिका घिमिरेको नै रहेको छ । गीतको संगित संयोजन तथा मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन । आफ्नो मन रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन भने अर्जुन खड्काको छायाकंन तथा सम्पादन रहेको छ । शर्मिला सुनुवारको मेकअप रहेको गीतमा दामी क्रियसनको पोष्ट प्रोडक्सन रहेको छ । गीतमा सारिका घिमिरेको नै अभिनय रहेको छ ।