बुधबार, १० वैशाख/काठमाडौं – लोकप्रीय गायक टेक बीसी र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको नयाँ गीत “तिम्रो साथ बिना” श्रेया बडूको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको शब्द तथा संगीत भीम बीसीले सिर्जना गरेका हुन् भने संगीत संयोजन केशव बडूले गरेका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। गीतको रेकर्डिङ मारुनी स्टुडियोमा गरिएको हो।
भिडियो पक्षमा पनि गीत आकर्षक रुपमा प्रस्तुत गरिएको छ।श्रेय बडू र सुरेश कोहलीले अभिनय गरेको भिडियोलाई महेश महरा तथा उनको टिमले क्यामेरा र ड्रोनमार्फत खिचेका हुन्। मेकअपको जिम्मेवारी निर्मला आचार्यले सम्हालेकी छन् भने सम्पादन र कलर संयोजन मिन रावलले गरेका छन्। भिडियो निर्देशन बिशाल कैनीको रहेको छ र पोस्ट प्रोडक्सन जनता डिजिटल मार्फत गरिएको हो।
तिम्रो साथ बिना गीत प्रेम, वियोग र भावनात्मक यात्रालाई समेट्ने गीत हो, जसले नेपाली संगीतप्रेमीहरूको मनमा सहजै बस्ने विश्वास लिइएको छ।