
राप्ती सोनारी, फागुन १५,
आगामी चैत्र ४ गते बाँकेको राप्ती सोनारी ६ सहिद पार्कमा हुने आम सभालाई सम्वोधन गर्न पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने भएका छन् ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेस जागरण अभियान अन्तरगत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सहितको शिर्ष नेताहरुको टोली चैत्र ४ गते बाँकेको राप्ती सोनारीमा आउने भएको हो । तराई मधेस जागरण अभियान अन्तरगत चैत्र ४ गतको बाँकेमा तयारी लाई तीब्र पारिएको छ ।
अभियान अन्तरगत बाँकेको कुशुममा अभियान टोली लाई स्वागत गरि अगैया हुँदै राप्ती सोनारी ६ मा रहेको सहिद पार्कमा जनसभा हुने छ ।
। नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष जनक बहादुर थारूले प्रचण्डले सम्वोधन गर्ने जनसभामा १० हजार भन्दा बढि मानिसहरुको सहभागिता रहने बताए ।
अभियान अन्तरगत राप्ती सोनारीमा गरिने जनसभा लाई सफल बनाउन बुधवार नेकपा माओवादी केन्द्र राप्ती सोनारीको पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज पूर्णा कुमारी सुवेदी , केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने , जिल्ला संयोजक नरेन्द्र पाण्डे , नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य चिम बहादुर घर्ती निर्मल , पालिका अध्यक्ष जनक थारू , उपाध्यक्ष राम लखन थारू , सचिव सन्तोष खड्का लगायतका नेताहरूको सहभागिता रहेको थियो । राप्ती सोनारीको जनसभा पछि त्यहि दिन नेपालगञ्जमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्रले फागुन १२ गते
झापा बाट तराई मधेस जागरण अभियान सन्चालन गरेको थियो ।