
इश्वरी के.सी, राप्ती सोनारी,
बाँकेको राप्ती सोनारी गाउँपालिका ५ चिलहरियामा रहेको रङ्गशालामा आज देखि महोत्सव सुरु हुने भएको छ । राप्ति सोनारी उद्योग वाणिज्य संघको आयोजनामा प्रथम राप्ति सोनारी कृषि, व्यापार एवं पर्यटन महोत्सव २०८१ ऋाज उद्घाटन भई ११ सम्म चल्ने भएको छ । आज दिउँसो १ बजे राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गर्ने भएका छन् । आयोजकले महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । उद्घाटन सत्रमा आयोजकले बाँके राष्ट्रिय निकुन्ज बाट २ वटा हात्ती ल्याएको छ ।
उद्घाटनमा स्थानीय कला संस्कृति झल्कने झाँकी नाँच, सहित हजारौंको संख्यामा मानिसहरुलाई उपस्थित गराई र्याली समेत निकालिने भएको छ । महोत्सवमा १ सय वटा स्टल, कृषि प्रदर्शनी, थारु गाउँ प्रर्दशनी, झुला ,एकल डान्स अडिन प्रतियोगीता र गु्रप डान्स प्रतियोगीता हुने छ । एकल डान्स प्रतियोगीतामा प्रथमलाई २० हजार, दृतिय लाई १५ हजार तृतियलाई १० हजार, र सान्त्वनालाई ५ हजार नगद पुरस्कार दिइने छ, यस्तै सामुहिक डान्स प्रतियोगीतामा प्रथम हुनेलाई २५ हजार, दृतिय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार दिइने छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । यस्तै बाँके राष्ट्रिय निकुन्जले महोत्सव भरि फ्रिमा जंगल सफारी समेत गराउँने भएको छ ।
महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव दिउँसो ३ बजेदेखि रातीको ९ बजे सम्म सन्चालन हुने छ । महोत्सव बारे राप्ति सोनारी उद्योग वाणिज्य संघका महा सचिव मोहन गौतमले यसो भन्छन् ।