spot_img
होमपेजजन आवाजबाँकेको नरैनापुर ४ जयराम पुरुवामा आगलागी ५० लाख बराबरको क्षति

बाँकेको नरैनापुर ४ जयराम पुरुवामा आगलागी ५० लाख बराबरको क्षति

- Advertisement -spot_img

राप्ती सोनारी, चैत्र १२,
बाँकेको नरैनापुर गाउँपालिका वडा न. ४ जयराम पुरुवामा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । चलेको हावाहुरीका कारण दिउँसो २ ः ३० बजे नन्कु खाँ को घरबाट आगलागी सुरु भएर १० वटा घर जलेर खरानी भएको हो । १० वटा घर जल्दा ५० लाख बराबरको क्षति भएको र १७ परिवार घरबार विहिन बनेको स्थानीय पत्रकार विनय दिक्षितले जानकारी दिएका छन् । नन्कु खाँ संगै,राजु खाँ, जुमाई खाँ, सिपाही लाल यादव,होली राम यादव, राम मनोहर यादव,भोटी अहिर, राम किशोर यादव, हेमराज यादव,किसारा यादव, राम गोपाल यादव,राम प्रघर यादव, सुमिरन यादव, प्रवेश यादव, खेमराज यादव,पवन कुमार यादव र राधेश्याम यादवको घर पुर्ण रुपमा जलेर खरानी भएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । भगवानपुरका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र रायमाझीका अनुसार प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र नेपालगन्ज, कोहलपुर बाट गएको २ वटा दमकलले २ घन्टा पछि आगो नियन्त्रणमा लिएको थियो । मानविय क्षति नभएपनि लत्ता कपडा र महत्वपुर्ण कागजात, घर, अन्न जलेर नष्ट भएको प्रहरी निरिक्षक रायमाझीको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्