
इन्द्र चौधरी,राप्ती सोनारी, फागुन १२,
बाँकेको राप्ती सोनारी गाउँपालिका ७ मा मनव बन्यजन्तु द्धण्द्ध न्युनिकरण तथा व्यवस्थापन असमझदारी सम्वन्धी सुझाव संकलन, जैविक विविधता संरक्षण सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । पुर्व मन्त्री तथा उक्त क्षेत्रका सांसद कृष्णा के.सी नमुनाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । डिभिजन बन कार्यालय बाँके र राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा विकासको लागी हाम्रो प्रयास नेपाल बर्दियाले कार्यक्रमको आयोजना गरेको थियो । उस्थित स्थानीय बासिन्दाहरुले बन्यजन्तुले क्षति पुर्याएको खण्डमा कसरी राहात पाउने, बन जंगलमा सुरक्षाका लागी तार जाली लगाउनुपर्ने, जंगली जनावरको प्रयाप्त आहारको व्यवस्था गनुपर्ने लगायतका सुझाव दिएका थिए । बाइट..
पुर्व मन्त्री तथा लुम्वीनी प्रदेश सांसद नमुनाले राष्ट्रिय बनको क्षेत्र वरिपरि भएका मानव बस्तीमा जंगली जनावरले क्षति पुर्याएको बिषयमा राज्य गम्भीर हुँदै र्दिघकालिन समस्या समाधान तर्फ अगाडी बढनुपर्ने बताइन …
कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष राम लखन थारु, राप्ती सव डिभिजन बन कार्यालय प्रमुख राम गणेश साह, अन्य जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो ।