माघ ६ गते, नेपालगन्ज / संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रा.लि. नेपालगन्जमा डा. नितेशकुमार कनोडियाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त भएका छन् ।। उक्त कम्पनीले उनलाई हालै सो जिम्मेवारी प्रदान गरेको हो । डा. कनोडिया यसअघि साविकको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.को सहायक निर्देशकको जिम्मेवारी थिए ।
नेपालगन्ज मेडिकल कलेज अन्तरगत रहेको शिक्षण अस्पताल नेपालगन्जलाई हालै नाम परिवर्तन गरेर संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रा.लि. कायम गरिएको छ । संजिवनीले नेपालगन्जमा ३ सय बेड क्षमताको अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।