spot_img
spot_img
होमपेजप्रदेश समाचारताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका तीन जना धरौटीमा रिहा

ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका तीन जना धरौटीमा रिहा

- Advertisement -spot_img

४ माघ, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै आन्दोलन गर्दा पक्राउ परेका नो केबुलकार’ समूहका ३ जना धरौटीमा रिहा भएका हुन् ।

लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ५–५ हजार , प्रदीप मादेन १० हजार रुपैयाँ धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

गत १२ माघमा पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै विरोध भएको थियो ।
विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा तीन जना गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेका थिए ।

गृह मन्त्रालयको टोलीसँग २२ माघमा भएको वार्तामा केबुलकार निर्माण र आन्दोलन स्थगित गर्ने तथा पक्राउ परेकाहरूलाई रिहा गर्ने लगायत ६ बुँदे सहमति भएको थियो । सोही सहमति अनुसार नै पक्राउ परेकाहरूलाई छोडिएको प्रहरीले जनाएको छ ।

नो केबुलकार समूह’ ले २१ माघमा काठमाडौंको माइतीघरमा गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन समेत गरेको थियो ।
२१ माघमा सरकारले उक्त समूहसँग वार्ता गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो भने सोही दिन नो केबुलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्