spot_img
spot_img
होमपेजअन्तर्राष्ट्रिय समाचारइजरायल–हमास युद्धविराम : आफन्त पुनर्मिलनको भावुक दृश्य

इजरायल–हमास युद्धविराम : आफन्त पुनर्मिलनको भावुक दृश्य

- Advertisement -spot_img

७ माघ, काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सम्झौता लागू भएपछि बन्धकहरुलाई रिहागर्ने क्रम जारी छ । पहिलो चरणको युद्धविरामको क्रममा ९० जना प्यालेस्टिनीलाई रिहा गरेको इजरायलले जनाएको छ । आइतबार हमासले तीन जना इजरायली महिलालाई बन्धक मुक्त गरेको थियो ।

उनीहरुले आफन्त भेट्दाको खुसी साटिरहेका छन् । उनीहरु एकअर्कालाई अँगालो हालेर खुसीको आँसु झार्दै आत्मीयता साटासाट गरेको भावुक दृश्य देखिएको छ । आफन्तसँगको पुननर्मिलनको दृश्य भावुक बनाउने खालका छन् ।

युद्ध रोकिएपछि गाजा क्षेत्रबाट विस्थापित भएकाहरु पनि आफ्ना घरमा फर्किरहेका छन् । क्षतबिक्षत घर अगाडिको उनीहरुको तस्वीर दर्दनाक देखिन्छ ।

लामो समयपछि युद्ध बन्दीहरु रिहा हुन लागेको खबर पाएदेखि नै उनीहरुका आफन्त हर्षित र भावुक देखिएका तस्वीरहरु सार्वजनिक भएका थिए । शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो । अहिले आफन्त भेट्दाको खुसी र रुवाइका तस्वीर सार्वजनिक भइरहेका छन् ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको छ ।

सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । १५ जनवरीमा युद्ध रोक्ने सम्झौता भए पनि १९ जनवरीदेखि मात्रै कार्यान्वयनमा आएको थियो ।

१५ महिना लामो युद्धको क्रममा ४७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए । युद्धविराम गराउनका लागि अतार, इजिप्ट र अमेरिकाले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

युद्धविराम कार्यान्वयन तीन चरणमा हुने छ । पहिलो चरणमा हमास र इजरायलले बन्धक बनाएकाहरुलाई रिहा गर्ने छन् ।

इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।

युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ । रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्