![](https://raptisonaritv.com/umoghoon/2025/01/1000076854.jpg)
बैजापुर / राप्ती सोनारी ९ का समाजसेवि धनसिंह वलीको उपचारको क्रममा गएराति निधन भएको छ । समाजसेवी वलि फोक्सोमा समस्या भएर गत मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । गएराती स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएपछि थप उपचारको लागि भारतको लखनउ लग्दैगर्दा बाटोमा ज्यान गएको परिवार श्रोताले जनाएको छ । धनसिंह वलि सबैतिर निकै सकृय थिए । समाजसेवा, राजनीति , रेडक्रस कर्मी र शिक्षण पेशामा जीवन भर योगदान गरेको उनको इतिहास छ । समाजसेवी वलि नेपाल रेडक्रस कचनापुर शाखामा २०५८ साल देखि सदस्य हुँदै २०६१ सालबाट उप सभापति हुँदै अहिले वर्तमान सचिव थिए । उनी महादेवा स्कुलबाट अध्यापन सुरु गरेर गणेश मा.वि ढकेरी हुँदै जनता मा.वि बैजनाथको प्रअ भई कुशलता पुर्वक जिम्मेवारी निर्वाह गरेर अवकाश लिएको नेपाल रेडक्रस शाखा कचनापुरका सभापति अमर खड्काले जानकारी दिए । वली पछिल्लो समय राजनीतिमा पनि निकै सकृय थिए , नेकपा माओवादी केन्द्रको राजनीती गर्दै नेकपा माओवादी केन्द्र राप्ती सोनारी कमिटीको निवर्तमान कोषाध्यक्ष पनि हुन । उनको आजै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।