माघ २, बैजापुर , हिजो मंगलबार राती राप्ती सोनारी ७ मा २ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाको बिषयमा पीडित पक्षले शव बुझ्न मानेको छैन । बसको ठक्कर बाट स्थानीय एकै घरका काका र भतिजको ज्यान गएको बिषयमा आज भएको छलफलमा क्षतिपुर्ती दिन नमानेपछि पीडित परिवारले शव नबुझेका हुन । छलफलमा सहभागी राप्ती सोनारी वडा न. ७ का वडा अध्यक्ष राम लखन थारुले पीडित पक्ष र बस समिति अनि बस धनी संग क्षतिपुर्तीको बिषयामा कुरा नमिल्दा पीडित पक्षले शव नबुझेको बताए । उनले भने मृतक द्धयका एकजनाको श्रीमती गर्भवती र एकजनाको सानो बच्चाको लालन पालनका लागी परिवारले थप क्षतिपुर्ती माग्दा कुरा नमिलेको हो । राधाकधृष्ण यातायात प्रा.लि, बस धनि राजु सुनार सरकारले तोकिएको क्षतिपुर्ती बाहेक अन्य थप गर्न नसक्ने बताएपछि पीडित परिवारले अस्पताल बाट शव वुुझ्न मानेका छैनन । उनीहरुले भोली बिहीबार कुरा नमिले आन्दोलन गर्ने जनाएका छन् । प्रहरी चौकी फत्तेपुर -क- का इन्चार्ज प्रहरी सहयाक निरिक्षक लोक बहादुर बोहराका अनुसार नरैनापुर बाट आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरित दिशा बाट गईरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाईकललाई राधा कृष्ण मन्दीर नजिकै ठक्कर दिदा मोटरसाईकलमा सवार स्थानीय २६ बर्षिय दिल बहादुर थारु र उनका भतिजा २५ बर्षिय राजेश थारुको ज्यान गएको हो । ठक्करबाट गम्भीर घाइते भएको द्धयको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा ज्यान गएको अस्पतालले जनाएको छ ।
असई बोहराले स्वर्गद्धवारी बाट भक्तजन नरैनापुर छोडेर नेपालगन्ज फर्कदै गरेको बसले मोटरसाईकल लाई ठक्कर दिदा एकान्त होटलका सन्चालक जयराम थारुका भाई र छोराको ज्यान गएको उल्लेख गरे ।