
राप्ती सोनारी ३, बैशाख १२,
सिक्टाको पुर्वी नहरको पानी राप्ती सोनारी ३ नारायणपुर सम्म पुगेको छ ।
बर्षौ देखि नहरको पानीको प्रतिक्षामा रहेका स्थानीय किसानहरुलाई नहरको पानी खेतीयोग्य जमिन सम्म पुग्दा राहात भएको हो । २ बर्षको लगातार शाखा कुलो निर्माण पछि २ सय ५० हेक्टर खेतीयोग्य जमिनमा सिचाई सुविधा पुगेको हो । सिक्टा सिचाई आयोजनाले जेसिभि सहयोगमा उपलब्ध गराएपछि स्थानीय पालीका र वडाको सहयोगमा नहर विस्तारको काम भएको थियो । चप्पर सोते खोला देखि वडा न. ४ को लामीडाँडाँ सम्म १२ सय मिटर नहर निर्माण गरिएको हो । ४ लाख बराबरको गाउँपालिकाले ट्याक्टर भाडा उपलब्ध गराएको थियो , सिक्टाको पुर्वी नहरको शाखा न. १ को प्रशाखा न. ३ मा पानी बग्न थालेपछि वडा अध्यक्ष मिनकुमार थारुले खुसि ब्यक्त गरे । वडा न.३ का वडा सदस्य मंगल सिह वलीले लामी डाँडा, नारायणपुर सम्म पानी पुगेको भन्दै साईपुर जंगपुर गाउँ सम्मका खेतीयोग्य जमिनमा छिट्टै नहरको पानी पुग्ने बताए ।
यस अघि स्थानीयले नारायणपुर निवासी विनोद खत्रीको अगुवाईमा स् स्फुर्त रुपमा पैसा उठाएर नहर निर्माणमा सहयोग पुर्याएका थिए ।
त्यस क्षेत्रका मानिसहरु बैशाख महिनमा मकै खेती गर्ने गरेका छन् , नहरको पानी पुग्दा मकैमा सिचाई गर्न सहज हुने स्थानीयहरुको भनाई छ ।