spot_img
होमपेजजन आवाजराप्ती सोनारीको १६ औं गाउँसभा बाट विभिन्न कानुन बन्यो

राप्ती सोनारीको १६ औं गाउँसभा बाट विभिन्न कानुन बन्यो

- Advertisement -spot_img

(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाको १६ औं गाउँसभा आइतबार सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय अगैयामा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभाध्यक्षतामाा सभा सम्पन्न भएको हो ।

सभाले विभिन्न कार्यविधि, नीति, मापदण्ड र ऐन संशोधन गरेको गाउँपालिकाका प्रवक्ता एवम् राप्ती सोनारी–४ का वडाअध्यक्ष मिनराज खड्काले जानकारी दिए । प्रवक्ता खड्काले दिएको जानकारी अनुसार गाउँपालिका अन्र्तगतका सम्पूर्ण कार्यक्रमहरुलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म अनुरुप मर्यादित, सरल, सर्वसुलभ एवम् कानुनी सम्बन्धमा ब्यवस्था गर्नका लागि ८ वटा कार्यविधि, एक÷एक वटा नीति, मापदण्ड संशोधन र ऐन संशोधनका लागि विधायन समितिका संयोजक रामलखन थारुले सभामा पेश गरेका थिए ।

सभामा उपस्थित भएका सदस्यले सबै कार्यविधि, नीति, संशोधित मापदण्ड र संशोधित ऐनलाई सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता खड्काले बताए । सभाले गाउँ प्रहरी(व्यवस्थापन तथा सञ्चालन) सम्बन्धि कार्यविधि, राप्ती सोनारी गाउँपालिकाको शिक्षक तथा कर्मचारी छनोट कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको भू-उपयोग मापदण्ड २०८१, आधारभुत अस्पताल स्थापना तथा सञ्चालन सम्बन्धि कार्यविधि २०८१, राप्ती सोनारी आधारभुत अस्पताल व्यवस्थापन समिति गठन तथा सञ्चालन कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको सार्वजनिक–निजी साझेदारी नीति २०८१ स्वीकृत गरेको छ । 

यसैगरी राप्ती सोनारी गाउँपालिका क्षेत्रको निजी जग्गाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, माटो तथा खनिज जन्य प्राकृतिक स्रोत साधन (संकलन र उपयोग) विक्री वितरण सम्बन्धी मापदण्ड २०८१(पहिलो संशोधन), राप्ती सोनारी गाउँपालिकाको (स्थानीय वन ऐन २०७८) पहिलो संशोधन २०८१, राप्ती सोनारी गाउँपालिकाको बाल बिवाह मुक्त अभियान सञ्चालन कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको बालश्रम मुक्त घोषणा कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०८१ र राप्ती सोनारी गाउँपालिकाको बाल अधिकार कार्यान्वयन गर्न बनेको कार्यविधि २०८१ पनि सर्वसम्मत रुपमा स्वीकृत भएको अध्यक्ष प्रवक्ता खड्काले बताए ।

सभामा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । गाउँ सभामा विभिन्न विषयगत समितिको प्रतिवेदन प्रस्तुत गरिएको पनि प्रवक्ता खड्काले जानकारी दिए । 

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्