
ढकेरी/ राप्ती सोनारी ९ को बुचार र महादेवा जोड्ने जंगलको बाटोमा वत्ती जडान गरि झलमल पारीएको छ । बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र अन्तर्गत जंगल छेउका वस्तीहरु बुचापर र महादेवा गाउँ जाने बाटोमा सडक बत्ती जडान गरिएको पत्रकार कविन्द्र परियारले जानकारी दिए । वत्ती जडान गरि झलमल पारेपछी जंगली जनावर जोखिम न्यूनीकरण हुने स्थानीय वासिन्दाले विश्वास व्यक्त गरेका छ्न । जुलोजिकल सोसाइटी अफ लण्डन ( ZSL) को सहयोगमा ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजना र राप्तीसोनारी ९ को वडाकार्यालयको समन्वयमा सो क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । सडक बत्ती जडान गरिएपछि मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्काले बताए ।