
दाङ,नेसनल प्याब्सन दाङ जिल्लाको तदर्थ समितीको अध्यक्ष पदमा रही नेसनल प्याब्सन दाङ जिल्लाका गतिविधिलाई चलायमान गर्नको लागि नेसनल प्याब्सन केन्द्रीय समितीले दाङ जिल्लाका नेसनल प्याब्सन पुर्व स निष्कासित चिव शालिकराम कार्कीलाई जिम्मेवारी दिइएको पाइएको छ ।
पर्सा जिलाको विरगन्जमा आयोजित नेसनल प्याब्सनको आठौं महाधिवेशनमा कार्कीले दाङ जिल्लाबाट सचिव पदको प्रतिनिधित्व गर्दै कुसल कार्यको जिम्मेवारी निर्वाह गरेको ठहर गर्दै उक्त जिम्मेवारी दिइएको पाइएको छ ।
नेसनल प्याब्सन केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाद्वारा हस्ताक्षरित २०८२ साल असार ९ गतेको पत्रानुसार कार्कीले नेसनल प्याब्सन दाङ जिल्लाको तदर्थ समितीको अध्यक्ष पदमा रही अब काम अगाडि बढाउने भएका छन् । आँफुले जिल्लाको नेतृत्व पाएकोमा खुशी हुँदै कार्कीले अब जिल्लाका सबै साथीभाईहरुसङ्ग हातेमालो गर्दै नेसनल प्याब्सन दाङका साङ्गठनिक गतिविधिलाई अगाडि बढाउने कुरा गर्नु भएको छ ।
