काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’ नेपाली नयाँवर्ष २०८२ को छेकोमा प्रदर्शन हुँदैछ । चैत २९ गते प्रदर्शन तयारीमा रहेको फिल्म कलाकारको लाइनअपले दर्शकमाझ प्रतीक्षित पनि छ ।
३३ वर्षपछि राजेश हमाल र सरोज खनालले स्क्रिन सेयर गर्दैछन् । दीवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा पाकोदेखि कान्छो पुस्ताका कलाकारले अभिनय गरेका छन् । हमालको ८ वर्षपछिको पुनरागमन फिल्म समेत हो ।