कर्णाली खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यतामा आइतवार नेपाल टेकबल संघ कर्णाली प्रदेश कमिटीको ११ सदस्यीय कमिटी गठन भएको छ ।
नेपाल टेकबल संघ कर्णाली प्रदेश कमिटीका संयोजक तेजविक्रम बस्नेत अध्यक्षमा निर्वाचित हुँदा अक्कलबहादुर सिंजापति उपाध्यक्ष, संदेश थापा सचिव र करिश्मा वि सी कोषाध्यक्षमा चयन भए । त्यसैगरी कमिटिका अन्य सदस्यहरुमा डबल रोकाया,यम गुरुङ,खेमराज रावत,डबल बुढा क्षेत्री,सीता रोकाया, शान्ति खासु मगर र कमलप्रसाद उपाध्याय रहेका छन् ।
![](https://raptisonaritv.com/umoghoon/2024/11/60bdf2dd-65f4-472d-ad5c-8736c705c6d0-1024x770.jpg)