spot_img
होमपेजजन आवाजचुरोटको ठुटाले आफ्नै विस्तारामा आगो सल्किदा खजुरामा एक वृद्धको मृत्यु

चुरोटको ठुटाले आफ्नै विस्तारामा आगो सल्किदा खजुरामा एक वृद्धको मृत्यु

- Advertisement -spot_img

राप्ती सोनारी / आफैले खाएको चुरोटको ठुटाले विस्तारामा आगो सल्किदा बाँकेको खजुरामा एक जना वृद्धको ज्यान गएको छ । बाँके प्रहरीका अनुसार चुरोटको ठुटाले बिस्तारामा आगो लाग्दा बाँकेको खजुरामा ९० वर्षिय रत्नबहादुर पौडेलको बिस्तारामा जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार राती अबेरसम्म परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका पौडेललाई शुक्रबार बिहान ४ बजेतिर जलेको अवस्थामा फेला पारिएको थियो । बृद्व सुतिरहेको कोठाबाट जलेको गन्ध आएपछि ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएको परिवारका सदस्यलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

शारिरीक अवस्था कमजोर भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका बृद्वको चुरोट पिउने बानी रहेको र मध्य रातमा चुरोट सल्काउने क्रममा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बन्द रहेको कोठामा धुँवामा निस्सासिएर मृत्यु भएको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ । बृद्वको शवलाई पोष्ट मार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको बाँके प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्