![](https://raptisonaritv.com/umoghoon/2025/01/magha_parva_1_1642231928.jpg)
बैजापुर / बाँकेको राप्ती सोनारी वडा न. ४ मा माघ मिलन तथा वडघर कार्यक्रम गरिने भएको छ । वडा न. ४ को आर्थिक सहयोगमा गौरीगाउँ टोल विकास संस्थाको आयोजना आगामी पुष २५ गते माघी मिलन तथा वडघर सम्मान कार्यक्रम गरिने भएको गौरी गाउँ टोल विकास संस्थाका अध्यक्ष तुलसीराम थारुले जानकारी दिए । उनका अनुसार एक भब्य कार्यक्रमको आयोजना गरि वडा न. ४ भित्र रहेका सबै गाउँका बडघरलाई सम्मान गर्नृे, माघीको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न खालका थारु सँस्कृति झल्किने नृत्य संगै थारु परिकार ढिक्री, घोघी, खुर्सानीको चट्नी, आलुको अचार बंगुरको मासु लगायत परिकार को स्वाद पनि चखाईने अध्यक्ष थारुको भनाई थियो । कार्यक्रममा मौलिक कला संस्कृति झल्कने मघौटा नाच, छोक्क्रा नाच, महोतिया नाच, हुुरडुङ्वा नाच प्रस्तुती पछि उत्कृष्ट समुहलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ । वडघर सम्मान तथा माघी मिलन कार्यक्रमको लागी १ लाख बजेट छुट्याइएको वडा सचिव होम सुर्य के.सीले जानकारी दिए ।