![](https://raptisonaritv.com/umoghoon/2025/01/iStock-1006045926-pkjyfw1ojs2s9wmrglmg7uf53yg59exz8fhv987yas-1024x555.jpg)
(कुसुम) : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर–कुसुम सडकखण्डमा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरी खोलामा डिजेल बोकेको ट्यांकरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुबै जनाको मृत्यु भएको हो ।
नेपालगन्जबाट दाङतर्फ जाँदै गरेको उक्त ट्यांकरले ठक्कर दिदाँ कैलाली, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षका रुपेश बस्नेत र सोही धनगढी–३ का अन्दाजी ४६ वर्षिय घमण शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख एवम् प्रहरी वरिष्ठ नायव निरीक्षक नन्दप्रसाद पोखरेलले जानकारी दिए ।
ठक्करबाट घाइते भएका दुबैको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको उनले बताए । ठक्कर दिने ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।