बाँके (राप्ती सोनारी) : आज बाट १७ औं राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै छ ।
गाउँपालिकाको खेलकुद विकास समितिको आयोजना तथा शिवशक्ती माध्यामिक बिद्यालय सम्शेरगन्ज पेरानीको संयोजनमा आज बाट प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष तप्त बहादुर पौडेलले गर्ने कार्यक्रम छ । आज दिउँसो २ बजे शिवशक्ती माध्यामिक बिद्यालयको प्रांगनमा हुने बिद्यालयका प्रधानाध्यापक पुष्कर खड्काले जानकारी दिए ।
प्रतियोगिता अन्तरगतका विभिन्न खेलहरु भने बुधबार बिहान ७ बजेदेखी नै सुरु हुने उनले बताए । प्रतियोगिता यही पुस १२ गतेसम्म सञ्चालन हुने राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले जानकारी दिए । ३० बढी विधालयले सहभागिता जनाउँदैछन ।