spot_img
होमपेजजन आवाजअघोषित घुम्वा राखेर बैजापुर प्रहरीको असुली धन्दा

अघोषित घुम्वा राखेर बैजापुर प्रहरीको असुली धन्दा

मिति २०८१/०९/१८ गते

- Advertisement -spot_img

राप्ती सोनारी ४ धामपुरमा रहेको इलाका प्रहरी कार्यालय बैजापुर प्रहरी इन्चार्जले अघोषित घुम्वा प्रहरी लगाएर रकम असुल्ने गरेको पाइएको छ ।

एक महिना अघि काज सरुवा भई ईलाका प्रहरी कार्यालय बैजापुर पुगेका ईन्चार्ज प्रहरी नायाव निरिक्षक (सइ) कमल थापाले सिविलमा घुम्वा प्रहरी खटाएर चर्को पैसा असुली धन्दामा लागेका छन् ।
प्रहरीको व्यवहार बाट स्थानीय बासिन्दा ३,४, र ५ को वडा अध्यक्ष नै रुष्ट छन् ।
दम्भ देखाउदै सइ थापाले सर्वसाधारणलाई धम्क्याउदै, आतंकित पार्दै अवैध रुपमा रकम असुलीमा लागेका छन् । प्रहरीले राप्ती नदीबाट अवैध तरिकाले ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टर, भारत बाट ब्वाइलर कुखुरा ओसार पसार गर्ने,राँगा ब्यापारी, खसिबोका ब्यापारी र क्यारीगं गर्ने टोली बाट मासिक रुपमा लाखौ रकम असुली गरिरहेको जन गुनसो छ । ईलाकाको यरिया वडा न: ३,४ र ५ मा ब्रोइलर कारोबारि बाट मासीक ५ हजार, ५ देखि ६ जना बाट असुल्ने गरेको छ । एउटा ट्याक्टरले महिनाको ५ हजार दिएपछि महिनादिन भरि जति ढुङ्गा–गिट्टी पनि बोक्न पाउने गुनासो छ । त्यसका लागि ट्याक्टर मालिकले बोक्न थाल्नु भन्दा पहिले नै एक महिनाको एउटा ट्याक्टरको ५ हजारको दरले पैसा बुझाउनु पर्ने भयो । सइको निर्देशन अनुसार ट्याक्टर मालिकले झुण्ड झुण्डमा ५ हजारको दरले पैसा उठाएर इप्रकामै गइ करिब ३ लाख रकम सइलाई बुझाएको ब्यवसायिहरुको दावी छ । यस्तै रागा व्यापारी , समान ओसारपसार गर्ने संग पनि बैजापुर प्रहरीले मासिक असुल्ने गरेको छ । यस बिषयमा गुनासो गर्न राप्ती सोनारी ४ का वडा अध्यक्ष केहि दिन अघि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की कहाँ गएका थिए । तर उनका कुरा सुनुवाई भने भएन । गत ११ गते राती राप्ती सोनारी ३ सिनावाजमा रातीको समयमा खेलामा जेसिभि र ट्याक्टरले ग्रभेल चोर्दै गरेको खवर वडा अध्यक्ष मिन कुमार थारुले प्रहरीलाई दिएका थिए ।
उक्त सुचना लिक गर्दै प्रहरीले चोर्नेहरुलाई खवर गरि लोड गरिएको ट्याक्टर अनलोड गर्न लगाएका थिए । त्यस पछि मध्यरातमा प्रहरी इन्चार्जले ५ वटा ट्याक्टर र १ वटा जेसिभि नियान्त्रणमा लिएको वडा अध्यक्षलाई जानकारी गराए । खोला चोरहरु संग से्टिगं गरेको प्रहरीले वडा अध्यक्षलाई जानकारी नै नदिकन पक्राउ गरिएको ट्याक्टर र जेसिभि रातारात छोडेको वडा अध्यक्ष थारुको गुनासो छ । वडा अध्यक्ष थारुले भुवर भवानी मेलाको टेण्डरको समयमा पनि प्रहरीले सहयोग नगरेको गुनासो गरे । उनले भने अहिलेको प्रहरी इन्चार्जको कुनै काम छैन , शान्ति सुरक्षाको त के आशा गर्ने ।

काज सरुवा भएर आएका सइ थापा बैजापुर पुगेको एक महिना नवित्दै बाँकेको राप्ती नदीबाट अवैध ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टरबाट करिब ३ लाख घुष उठाइसकेका छन् । राप्ती नदीबाट अवैध तरिकाले ढुङ्गा–गिट्टी बोक्ने ट्याक्टर मालिकलाई कार्यालयमै बोलाएर सइ थापाले करिब ३ लाख रकम घुष लिएका हुन् । सइ थापाले हाकिमलाई काम देखाउन घर बनाउन प्रयोजनका लागि दिउँसो ढुङ्गा–गिट्टी बोक्ने सर्वसाधारणका ट्याक्टर भने पक्राउ गरी सम्बन्धित ठाउँ कार्वाहीका लागि पठाउने गरेका छन् । तर आफुलाई पैसा बुझाएका ट्याक्टरलाई छोड्छन । ‘सर्वसाधारणका ट्याक्टर चाहिं गडुन पाउँदैनन् पेसेवर ट्याक्टर ढुङ्गा–गिट्टी बोकेर कसरी गुड्न पाउँछन् स्थानीयको गुनासो छ । थापाको कर्णाली प्रदेशको कालिकोट दरवन्दि छ । बाँकेमा काजमा रहेका थापा सिमा प्रहरी कार्यालय जयसपुर बाँकेमा ३ महिना ईन्चार्ज बसेर एसपी तुल बहादुर कार्कीको अशिर्वादमा त्यहिबाट सिधै यहि मंसिर ५ गते ईलाका प्रहरी कार्यालय धामपुर आएका थिए । सइ थापाले सर्वसाधारणलाई अभद्र व्यवहार गर्ने गरेको, धम्क्याउने, आतंकित पार्ने गरेको जस्ता जनगुनासा पालिकामा आएको जनप्रतिनीधिहरुले बताएका छन् । सइ थापाले भने कसैसंग पैसा नलियको बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्