
अजय कुमार पुर्वे÷ उदयपुर, चैत्र २२
जनकपुरधाम लगायत मिथिला क्षेत्रमा उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै चैती छठ पर्व सम्पन्न भएको छ । श्रद्धालुले शुक्रबार बिहान उदयपुरको गाईघाट लगमयत तराईका जिल्लाहरुमा ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै चैती छठ समापन भएको हो ।
छठ सूर्यदेव र षष्ठी देवीको पूजा गर्ने पर्व मानिन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय,खाय’, दोस्रो दिन ‘खरना’, विधि गरिन्छ ।
तेस्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो बाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य जलाशय अस्ताउँदो उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा छ ।
यो पर्व कात्तिक र चैत गरी दुईपटक मनाइन्छ ।
